Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

हाथवे इन्भेष्टमेन्टको आईपीओमा आजदेखि आवेदन दिन सकिने

मेरो आर्थिक
मेरो आर्थिक
भाद्र २१ गते २०८०
हाथवे इन्भेष्टमेन्टको आईपीओमा आजदेखि आवेदन दिन सकिने

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले सर्वसाधारणका लागि आज अर्थात् भदौ २१ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला हुने भएको छ । प्रतिकित्ता ५० रुपैयाँका दरले आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीको आईपीओमा न्यूनतम २० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २० अंकको गुणाङ्कमा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । सर्वसाधारण लगानीकर्ताले यस आईपीओमा भदौ २५ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँको १२।५० प्रतिशतका दरले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यका २९ लाख २५ हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो । कुल निष्काशनको २ प्रतिशत अर्थात् ५८ हजार ५०० कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात् १ लाख ४६ हजार २५० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी २४ लाख २७ हजार ७५० कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

Add a new comment