काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको आज बिहान निधन भएको हो ।
उनी पाँच दिनअघि अस्पताल भर्ना भएका थिए । फोक्सोमा पानी जमेर निमोनियाको पनि समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । नगर कार्यपालिकाअन्तर्गत पूर्वाधार समितिका संयोजक समेत रहेका रिजाल २०२७ साल कात्तिक १९ गते जन्मिएका थिए ।
महानगरपालिकाका अनुसार राष्ट्रिय सभागृहमा बिहान ११ बजे रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।













