Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

ब्रोकर कमिसन घटाउने बोर्डको तयारी

मेरो आर्थिक
मेरो आर्थिक
भाद्र २४ गते २०८०
ब्रोकर कमिसन घटाउने बोर्डको तयारी

नेपाल धितोपत्र बोर्डले सेयर ब्रोकरको कमिसन घटाउने तयारी गरेको छ । ब्रोकर कमिसन घटाउन बोर्डले सेयर ब्रोकर तथा सेयर लगानीकर्ता लगायत स्टेक होल्डरसँग छलफल गरिरहेको जनाएको हो ।

बोर्डले सेयर ब्रोकरको कमिसन घटाउन तयारी गरेपछि सेयर ब्रोकर कम्पनीहरुले भने व्यवसायको अन्य क्षेत्रहरु खुला गर्नुपर्ने शर्त राखेका छन् । गत शुक्रबार बोर्डमा भएको छलफलमा सेयर ब्रोकरहरुले पोर्टफोलियो म्यानेजमेन्ट सेयर ब्रोकरलाई दिनुपर्ने माग राखेका थिए ।

नेप्सेको सञ्चालक समितिबाट पारित भएर स्वीकृतिको लागि धितोपत्र बोर्डमा पठाएको धितोपत्र व्यवसायी सुपरिवेक्षण विनियमावलीमा संशोधन गर्नुपर्ने माग पनि सेयर ब्रोकरले राखेका थिए । उनीहरुले सेयर ब्रोकरका एकाघर परिवारले सेयर कारोबार गर्दा नेप्सेलाई पूर्व सूचना दिनुपर्ने, १५ दिनेसम्म सेयर ब्रोकर निलम्बन गर्ने जस्ता व्यवस्था अव्यवहारिक भएको भन्दै संशोधन गर्नुपर्ने माग गरेका थिए ।

Add a new comment