फागुन २४ गते २०८२ --:--:--
मेनु

हाथवे इन्भेष्टमेन्टको आइपिओ मा १० गुणा भन्दा बढीको आवेदन

मेरो आर्थिक मेरो आर्थिक भाद्र २५ गते २०८० ७:०५ AM
हाथवे इन्भेष्टमेन्टको आइपिओ मा १० गुणा भन्दा बढीको आवेदन

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा माग भन्दा झण्डै १० गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सार्वजनिक गरेको आईतबार बेलुकी ५ बजेर ७ मिनेटसम्मको तथ्यांक अनुसार कम्पनीको आईपीओमा २ करोड ४१ लाख भन्दा बढी कित्ताका लागि आवेदन परेको जनाएको हो ।

हाथवे इन्भेष्टमेन्टले सर्वसाधारणका लागि २४ लाख २७ हजार ७५० कित्ता आईपीओ निष्काशन गरे पनि २ करोड ४१ लाख ९२ हजार ८४० कित्ताका लागि आवेदन परेको छ । कम्पनीको मागभन्दा ९.९६ गुणा भन्दा बढी आईपीओका लागि आवेदन परेको छ ।

आईतबारसम्म कम्पनीको आईपीओमा आवेदन दिनेको संख्या १० लाख १० हजार ३४ रहेको छ । जसबापत १ अर्ब २० करोड ९६ लाख ४२ हजार रूपैयाँ बराबर संकलन भएको छ । कम्पनीले प्रतिकित्ता अंकित मूल्य ५० रुपैयाँका दरले आईपीओ निष्काशन गरेको हो।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?