फागुन २० गते २०८२ --:--:--
मेनु

नेम्वाङको पार्थिव शरीरलाई अहिले पार्टी कार्यालय लगिँदै

मेरो आर्थिक मेरो आर्थिक भाद्र २६ गते २०८० ६:५२ AM
नेम्वाङको पार्थिव शरीरलाई अहिले पार्टी कार्यालय लगिँदै

नेकपा एमाले उपाध्यक्ष तथा संविधानसभा पूर्व अध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका उपाध्यक्ष समेत रहेका उनको मंगलबार राति १ बजे हृदयघातबाट निधन भएको होे ।

बालुवाटारस्थित निवासमा हृदयघात भएसँगै उनलाई परिवारले त्रिवि शिक्षण अस्पताल लगेपनि चिकित्सकले मृत घोषणा गरेको बताइएको छ । अन्तिम श्रद्धाञ्जलीको लागि नेम्वाङको पार्थिव शरीरलाई अहिले पार्टी कार्यालय च्यासल ललितपुर लगिँदै छ ।

नेम्वाङको निधनको खबरपछि एमाले नेता कार्यकर्ता र शुभेच्छुकहरु त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पुगेका छन् । यस्तै प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरु पनि अस्पताल पुगिसकेका छन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?