हृदयाघातबाट निधन भएका नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको भोलिमात्रै अन्तिम संस्कार गरिने भएको छ । त्यसअघि नेम्वाङको शव श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालयमा राखिने छ ।
उनका दुवै छोरा विदेशमा रहेका र उनीहरू आएपछि मात्रै अन्तिम संस्कार हुने परिवारजनले बताएका छन् । स्वर्गीय नेम्वाङका भाइ सुरेश नेम्वाङका अनुसार जेठो छोरा मिङ्सो नेम्वाङ युकेबाट भोलि ४ बजे र कान्छो छोरा सुहाङ नेम्वाङ अष्ट्रेलियाबाट आज राति ११ बजे आइपुग्ने छन् ।
बाथरुममा बेहोस अवस्थामा भेटिएपछि परिवारका सदस्यले राति १ः५० बजे अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको थियो । नेम्वाङको निधनको खबर फैलिएसँगै शीर्ष नेताहरू शिक्षण अस्पताल पुगेका थिए ।













