Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

नेप्से परिसुचकमा दोहोरो अंकको गिरावट

मेरो आर्थिक
मेरो आर्थिक
भाद्र २६ गते २०८०
नेप्से परिसुचकमा दोहोरो अंकको गिरावट

आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९.४२ अंकले घटेको छ । नेप्से ०.९७ प्रतिशतले घटेर १९ सय ६७ अंकमा आएर रोकिएको हो ।

यसक्रममा आज ३३ वटा कम्पनीको सेयर मूल्यमा वृद्धि आएको छ । यस्तै, १९१ वटा कम्पनीको सेयर मूल्य घट्दा ४ कम्पनीको सेयर मूल्य भने स्थिर छ । परिसूचक १९ अंकले घट्दा १ अर्ब १३ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख १६ हजार कित्ता सेयर किनबेच भएको छ ।

परिसूचक दोहोरो अंकले घटेपनि शुभव पावर लिमिटेडको सेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ । यसबाहेक सामलिङ पावर कम्पनीको सेयर मूल्य ७.५८ प्रतिशतले बढेको छ ।

Add a new comment