फागुन २० गते २०८२ --:--:--
मेनु

स्वचालित मूल्य कार्यविधि, २०८० अनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि

मेरो आर्थिक मेरो आर्थिक भाद्र ३० गते २०८० ७:३२ AM
स्वचालित मूल्य कार्यविधि, २०८० अनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य वृद्धि गरेको छ । शुक्रबार राति बसेको निगम सञ्चालक समिति बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर ३ र पेट्रोल लिटरमा १ रुपैयाँले बढाएर मूल्य समायोजन गरेको निगमले जनाएको छ ।

समायोजन गरेको मुल्य अनुसार पेट्रोलको १८३ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १७३ रुपैयाँ प्रतिलिटर कायम भएको छ । भारतीय आयल निगमले मंगलबार पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोल १ रुपैयाँ १४ पैसा र डिजेलमा २ रुपैयाँ ९१ पैसा वृद्धि भएर आएको थियो ।

पेट्रोलियम पदार्थ तथा ग्याँसको स्वचालित मूल्य कार्यविधि, २०८० अनुसार सो मूल्य वृद्धि गरिएको निगमले जनाएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?