फागुन २० गते २०८२ --:--:--
मेनु

मलंगवामा दुई समुदायबीच झडप, गए रातिदेखि अनिश्चितकालिन कर्फ्यु

मेरो आर्थिक मेरो आर्थिक असाेज ५ गते २०८० ८:५४ AM
मलंगवामा दुई समुदायबीच  झडप, गए रातिदेखि अनिश्चितकालिन कर्फ्यु

सर्लाही सदरमुकाम मलंगवामा दुई समुदायबीच झडप भएपछि स्थानीय प्रशासनले फेरि कर्फ्यु लगाएको छ । बिहीबार साँझ गणेशको मूर्ति सेलाउन जाने क्रममा हिन्दु र मुस्लिम समुदाबीच झडप भएपछि स्थानीय प्रशासनले बिहीबार राति १० बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो ।

मूर्ति सेलाउन जाने क्रममा साँझ साढे ७ बजे मुस्लिम बस्ती पुगेपछि बिजुलीको लाइन कट्यो । अज्ञात समूहबाट ढुंगामुढा प्रहार भएपछि झडप भएको र एक युवकमाथि छुरा प्रहार भएको र ती युवकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?