Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

धितोपत्र बोर्डबाट दुई कम्पनीको आइपिओ निष्कासनको लागि अनुमति

मेरो आर्थिक
मेरो आर्थिक
असाेज १३ गते २०८०
धितोपत्र बोर्डबाट दुई कम्पनीको आइपिओ निष्कासनको लागि अनुमति

नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजिङ कम्पनीलाई आईपीओ निष्कासनको लागि अनुमति दिएको छ । धितोपत्र बोर्डले १० असोजमा दुवै कम्पनीलाई एकसाथ आईपीओ निष्कासन गर्ने स्वीकृति दिएको थियो ।

मुक्तिनाथ कृषि कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल र नेपाल वेयरहाउजिङ कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको जनाइएको छ ।

मुक्तिनाथ कृषि कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १४ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने स्वीकृति पाएको छ । जुन जारी पूँजी ७० करोडको २० प्रतिशत हो ।

अर्को कम्पनी नेपाल वेयरहाउजिङ कम्पनीलाई पनि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । जुन जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत साधारण सेयर हो ।

Add a new comment