वैशाख ११ गते २०८३ --:--:--
मेनु

मुचुगाउँका स्थानीयलाई कुहिएको डल्लैडल्ला परेको चामल बिक्री

मेरो आर्थिक मेरो आर्थिक असाेज १३ गते २०८० ८:५४ AM
मुचुगाउँका स्थानीयलाई कुहिएको डल्लैडल्ला परेको चामल बिक्री

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोट शाखाले हुम्लाको नाम्खा गाउँपालिका ५ मुचुगाउँका स्थानीयलाई कुहिएको चामल बिक्री गरेको पाइएको छ । केही दिनअघि लिमिटेडले सप्लायर्स मार्फत काठमाडौँबाट केरुङ नाका हुँदै तिब्बती मार्गबाट हिल्सामा सो खाद्यान्न ढुवानी गरेको थियो ।

नाम्खा–५ का पेमा आङ्मु तामाङका अनुसार आफूले खरिद गरेर लिमिटेडले ढुवानी गरेको अनुदान चामल कुहिएको भेटिएको बताए । एक घरधुरीलाई चार बोराका दरले बिक्री गरिएको थियो ।

उनले त्यसमा दुई बोरा चामल कुहिएको भेटिएको बताए । उनले आफ्नो मात्र नभई अधिकांश खाद्यान्न पाएका घरपरिवारको कुहिएको चामल डल्लैडल्ला परेको भेटिएको बताए ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?