माछापुच्छ्रे बैंक लिमिटेड स्थापनाको २४औं वर्षमा प्रवेश गरेको छ । २४औं वर्ष प्रवेशको अवसरमा बैंकले एक कार्यक्रम गरी बार्षिक उत्सव मनाएको हो ।
बार्षिक उत्सव कार्यक्रममा बैंकले २० वर्षभन्दा बढी निरन्तर सेवा गरिरहेका कर्मचारीलाई सम्मान समेत गरेको छ । बैंकका अध्यक्ष डा. उपेन्द्र महतोले कार्यक्रममा बोल्दै २३ वर्षसम्म बैंकको निरन्तर उन्नति एवं प्रगति तथा समृद्धिका लागि ग्राहक, नियमनकारी निकाय, शेयरधनी सदस्य, सम्पूर्ण कर्मचारी एवं शुभचिन्तकबाट पाएको सहयोगप्रति आभार प्रकट गरेका थिए । आगामी दिनमा थप गुणस्तरीय बैंकिङ सेवा दिँदै उत्कृष्ट सुविधा प्रदान गर्ने उनको प्रतिबद्धता थियो ।
सोही कार्यक्रममा बोलदै बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले ‘स्मार्ट बैंक’ मूल नाराका साथ बैंकले डिजिटल अर्थतन्त्रमा प्रभावकारी भूमिका निर्वाह गर्दै आएको बताए । कोइरालाले स्मार्ट तरीकाबाट ग्राहकको चाहना तथा आवश्यकता बमोजिम नवीनतम, विश्वस्तरीय, भरपर्दो तथा गुणस्तरीय सेवा प्रदान गर्दै बैंकको सेवालाई अझ सरल, सहज र विश्वसनीय बनाउने प्रतिबद्धता जाहेर गर्नु भएको छ ।
बैंकले आफ्नो २३औं वार्षिकोत्सवको अवसरमा विभिन्न क्यासब्याक तथा अन्य अफर समेत सावजनिक गरिएको जनाएको छ ।













