Skip to content
logo
मंसिर ७ गते २०८१ समयः

जल तथा मौसम विज्ञान विभागका अनुसार आजको मौसम के कस्तो रहला ?

मेरो आर्थिक
मेरो आर्थिक
असाेज २२ गते २०८०
जल तथा मौसम विज्ञान विभागका अनुसार आजको मौसम के कस्तो रहला ?

आजको दिन जल तथा मौसम विज्ञान विभागका अनुसार, कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने जनाएको छ । मोसम बिज्ञान बिभागले पुर्वानुमानको आधारमा आजको मौसम प्रक्षेपण गरेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, मधेश र गण्डकी प्रदेशका एकदुई स्थानमा छिटफुटदेखि हल्का वर्षा भइरहेको छ । दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा मौसम सफा रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ ।

आज राति भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा सामान्यतया मौसम सफा रहने छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र मधेश तथा लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Add a new comment