वैशाख ११ गते २०८३ --:--:--
मेनु

इजरायल आक्रमणमा मृत्यु भएका नेपालीको सम्मानमा आज राष्ट्रिय शोक

मेरो आर्थिक मेरो आर्थिक असाेज २३ गते २०८० ७:५२ AM
इजरायल आक्रमणमा मृत्यु भएका नेपालीको सम्मानमा आज राष्ट्रिय शोक

सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले इजरायल आक्रमणमा परी मृत्यु भएका १० नेपालीको सम्मानमा सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ ।

उक्त बैठकले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ । बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले भनिन्, ‘दिवंगत हुनुभएका नेपालीहरुप्रति सम्मान व्यक्त गर्न २०८० असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ ।’
शर्माका अनुसार परराष्ट्र मन्त्रालयले इजरायल सरकारसँग समन्वय गरी मृतकहरुको शव यथाशीघ्र ल्याउने तयारी छ । मृतकका परिवारलाई राहत स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि भएको छ । यो रकम अर्थ मन्त्रालयले गृहसँग समन्वय गरेर उपलब्ध गराउनेछ । उता दुतावासको सहयोगमा जोखिममा रहेका बिद्यार्थीहरुलाई सेनाको सहयोगमा सुरक्षित स्थानमा सारिदै गरेको पनि दुतावासले जनाएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?