प्रतिनिधिसभाको बैठक आगामी कार्तिक १२ सम्मका लागि स्थगित


शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले आउँदै गरेका चाडपर्वहरुको शुभकामना व्यक्त गर्दै आगामी कार्तिक १२ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
आजको बैठकले बिद्युत विधेयक २०८० संसदीय समितिमा दफावार छलफलका लागि सर्वसम्मतिले स्वीकृत गरेको छ । थेरापीका लागि सांसद मनोरमा शेरचनको १६ बैठक अनुपस्थितिको सूचना र गृहजिल्ला भ्रमणका कारण सांसद दयालबहादुर शाहीको ११ बैठक अनुपस्थितिको सूचनालाई पनि सदनले स्वीकृत गरेको छ । यस्तै विभिन्न कारणले १० भन्दा बढी बैठक अनुपस्थित हुने सांसदहरुको अनुपस्थितिको सूचना पनि स्वीकृत भएको छ ।
यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%