फागुन २४ गते २०८२ --:--:--
मेनु

चिरख्वा हाइड्रोपावरकाे आईपीओमा कति कित्ता शेयर पर्ला ?

मेरो आर्थिक मेरो आर्थिक असाेज २७ गते २०८० ८:५७ AM
चिरख्वा हाइड्रोपावरकाे आईपीओमा कति कित्ता शेयर पर्ला ?

चिरख्वा हाइड्रोपावर लिमिटेडको अन्तिम दिनसम्ममा कम्पनीको आईपीओमा मागभन्दा १५.३६ गुणा बढी आवेदन परेको छ । कम्पनीले ८ लाख ५९ हजार ३ सय कित्ता शेयरको लागि आवेदन माग गरेको हो ।

सरसर्ती हेर्दा चिरख्वा हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपीओ भर्ने ११ लाख २६ हजार ७१५ जनाको हात खाली हुने भएको छ । अन्तिम दिनसम्ममा कम्पनीको आईपीओमा मागभन्दा १५.३६ गुणा बढी आवेदन परेको हो । कम्पनीले जारी गरेको आईपीओमा शुक्रबारसम्ममा १२ लाख १२ हजार भन्दा बढीले आवेदन दिएका हुन् ।

सीडीएससीका अनुसार हाइड्रोपावरको आईपीओमा शुक्रबार बेलुकी ५ बजेर ७ मिनेटसम्ममा १२ लाख १२ हजार ६४५ जनाले एक करोड ३१ लाख ९९ हजार २४० कित्ता शेयरको लागि आवेदन दिएका हुन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?