फागुन १९ गते २०८२ --:--:--
मेनु

आज देखि नयाँ नोट सटही सुविधा, प्रति ब्यक्ति १८ हजार ५ सय साट्न पाइने

मेरो आर्थिक मेरो आर्थिक असाेज २९ गते २०८० ८:१४ AM
आज देखि नयाँ नोट सटही सुविधा, प्रति ब्यक्ति १८ हजार ५ सय साट्न पाइने

नेपालीहरुको महान पर्व बडादशैं, तिहार र छठलाई लक्षित गरेर आज देखि नयाँ नोट साटन पाइने भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अर्थात सोमवार देखि नयाँ नेपाली रुपैयाँ साटन पाइने भएको हो ।

नेपाल राष्ट्र बैङ्कका अनुसार काठमाण्डौ उपत्यका भित्र राष्ट्र बैङ्क अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैङ्कका शाखा मार्फत् नयाँ नोट सटही गर्ने सुबिधा उपलब्ध छ भने उपत्यका बाहिरको हकमा भने राष्ट्र बैङ्कको प्रदेशस्थित कार्यालय वा बिभिन्न वाणिज्य बैङ्कका शाखा कार्यालयमा नयाँ नोट साट्न सकिने गरी ब्यबस्था मिलाएको छ ।

यस वर्ष पनि गत वर्षहरुमा जस्तै ५, १०, २०, ५० र एकसय रुपैयाँका नोटहरु साट्ने व्यवस्था मिलाएको राष्ट्र बै‌कले जनाएको छ । जस अनुसार प्रति ब्यक्ति १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोटहरु सटही गर्न सकिने छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?