चितवन उद्योग संघको ३२ औं बार्षिक साधारण सभा एवं १७ औं अधिवेशन सम्पन्न भएको छ । चितवन उद्योग संघ तथा चितवन औद्योगिक विकास साकोसका अध्यक्ष त्रिलोचन कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री माननीय रामकृष्ण चित्रकार प्रमुख अतिथि रहनुभएको थियो ।
कार्यक्रममा बागमती प्रदेशका, स्वास्थ्य मन्त्री माननीय उत्तम जोशी, बागमती प्रदेशका वनमन्त्री माननीय मसिना खड्का, जिल्ला समवन्य समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारी, नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिंह, नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डे विशिष्ट अतिथि रहनुभएको थियो ।
कार्यक्रमा चितवनका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, चितवन उद्योग संघ, गभर्निङ काउन्सिलका अध्यक्ष गुणाकर खरेल, चितवन उद्योग संघ, पूर्व अध्यक्ष मण्डलका अध्यक्ष राजु पौडेल, नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष एवम् संघका प्रेस सल्लाहकार नारायण अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एस.पी) रामेश्वर कार्की, सुरक्षा निकायका प्रमुखहरु, सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
चितवन उद्योग संघ तथा चितवन औद्योगिक विकास साकोसका अध्यक्ष त्रिलोचन कँडेलले स्वागत मन्तव्य समिति बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारणसभाको अवसरमा उद्यमी सन्देश –२०८० को विमोचन समेत गरिएको थियो ।
साधारणसभामा चितवन उद्योग संघको १६ औं कार्यसमितिको पदाधिकारी तथा सदस्यहरु मध्येबाट चितवन उद्योग संघका उपाध्यक्ष मदन चिरञ्जीवी पोखरेल, चितवन उद्योग संघ पालिका समितिहरु मध्येबाट उत्कृष्ट हुन सफल चितवन उद्योग सघ, रत्ननगर समिति, चितवन औद्योगिक विकास साकोसको सञ्चालक तथा लेखा सुपरीवेक्षण समितिका पदाधिकारी एवम् सदस्यहरु मध्येबाट चितवन औद्योगिक विकास साकोसका लेखा सुपरीवेक्षण समितिका संयोजक गोविन्द अर्याल, चितवन औद्योगिक विकास साकोसको पालिका व्यवस्थापन उपसमितिहरु मध्येबाट चितवन उद्योग संघ माडी समितिलाई सम्मान गरिएको थियो ।
त्यस्तै कार्यक्रममा चितवन उद्योग संघको कर्मचारीहरु मध्येबाट चिवतन उद्योग संघका सञ्चार अधिकृत राजु भट्ट र चितवन औद्योगिक विकास सोकोसको कर्मचारीहरु मध्येबाट साकोसका लेखापाल सुजाता हुमागाईलाई सम्मान गरिएको थियो । सोही अवसरमा अतिथिहरुलाई प्रदान गरिने मायाको चिनोमा हुने खर्च रकमलाई कटौती गरी मानव सेवा आश्रमलाई मानव सेवा आश्रमकी महासचिव सुशिला के.सी. मार्फत सहयोग स्वरुप रु ५१ हजारको चेक हस्तान्तरण ग्रहण गरिएको थियो ।
चितवन जिल्ला अदालत वार एशोसिएसनका अध्यक्ष एवम् संघका कानूनी सल्लाहकार अधिवक्ता खगराज कँडेल प्रमुख निर्वाचन अधिकृत रहनुभएको निर्वाचन समितिको सदस्यहरुमा घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख धिरेन्द्र प्रसाद पोखरेल र चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवाल रहनुभएको थियो ।
प्रमुख निर्वाचन अधिकृत अधिवक्ता खगराज कँडेलल १७ औं कार्यकालको निर्वाचित समितिको घोषणा गर्नुभएको थियो ।
संघतर्फ नवनिर्वाचित समितिको अध्यक्षमा सूर्य प्रसाद न्यौपाने, उपाध्यक्षहरुमा मदन घिमिरे, गजेन्द्र अधिकारी, तारा बहादुर कार्की, गोपाल प्रसाद गैरे, दिनुप कुमार बराल, परमेश्वर भण्डारी, कार्यसमिति सदस्यहरुमा कार्यसमिति सदस्यहरु उमाकान्त पौडेल, युवराज पाठक, अन्तोष बम्जन, खिलप्रसाद घिमिरे, रमेश नेपाली, रामहरि कँडेल, गोविन्द्रप्रसाद खनाल, महेन्द्र बहादुर बानियाँ, दुर्गालाल सापकोटा, सुरेन्द्र कार्की, विशाल चापागाई, अर्जुन सापकोटा, ईश्वरी रिजाल, डा.गिरीराज भन्तना, रमेश चन्द्र पुरी, ओमकार कँडेल, अनिल अग्रवाल, आनन्द पौडेल, सृजना सोती, अश्विन गोले चयन हुनुभएको छ ।
चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई नवनिर्वाचित अध्यक्ष सूर्य प्रसाद न्यौपानेले प्रतिवद्धता मन्तव्य सहित कार्यक्रमको समापन गर्नुभएको थियो ।













