मिर्मिरे लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन
मेरो आर्थिक
असाेज ३० गते २०८०
समयः ८:२० am
मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड (MMFDB) ले निष्काशन तथा बिक्री खुला गरेको एफपीओमा आवेदन दिने आज (असोज ३० गते) अन्तिम दिन रहेको छ ।
लघुवित्तले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख २३ हजार ८१६.४५ कित्ता शेयर निष्काशन गरेको हो । लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र मेरो शेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत लगानीकर्ताले आवेदन दिन सकिनेछ ।