फागुन १९ गते २०८२ --:--:--
मेनु

वर्षमा दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज दिनभर खुल्ने

मेरो आर्थिक मेरो आर्थिक कार्तिक ६ गते २०८० ७:०९ AM
वर्षमा दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज दिनभर खुल्ने

हनुमानढोका दरबारमा रहेको वर्षमा एक पटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर पनि आजैको दिन खुल्ला हुने गर्दछ। यस वर्ष खुल्ला गरेर भक्तजनलाई दर्शन गराउने तयारी पूरा भएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ।

तलेजु भवानीलाई विजया दशमीका दिन बिहान मात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ । मूलचोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलि समेत दिइएको छ । राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने सङ्कल्पले बुधबार राति तान्त्रिक विधिले कालरात्रि पूजा गरिएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?