आज पापाङ्कुशा एकादशी, आज पनि दशैंको टीका र जमरा लगाइँदै : Mero Aarthik
जेठ १८ गते २०८२
ब्रेकिङ न्यूज

आज पापाङ्कुशा एकादशी, आज पनि दशैंको टीका र जमरा लगाइँदै

मेरो आर्थिक मेरो आर्थिक कार्तिक ८ गते २०८०

आज पापाङ्कुशा एकादशी, विजयादशमीको भोलिपल्ट पर्ने यस एकादशीका दिन व्रत बस्नाले र भगवान् विष्णुको उपाशना गर्नाले मोक्ष प्राप्ति हुने विश्वास छ। साथै पापमा अंकुश लाग्ने जनविश्वास पनि छ।

आजका दिन काठमाडौंको बूढानीलकण्ठ भक्तपुरको भचाँगुनारायण आदि भगवान विष्णुका मन्दिरहरूमा दर्शनार्थीको भीड लाग्ने गर्छ।

त्यस्तै, आज कार्तिक महिनाको ८ गते, बुधबार पनि देशको बिभिन्न ठाउँहरुमा दशैंको टीका र जमरा लगाइँदै छ। मंगलबार शुभ साइतको टीका थाप्न नपाएकाहरू आज पनि आफन्तकहाँ आर्शिवाद लिन जान्छन् । कोजाग्रत पूर्णिमाको दिनसम्म दशैं चलिरहन्छ भने नेपाल कै पश्चिम तर्फका कतिपय जिल्लाहरुमा विजया दशमीको दिन टीकाजमरा लिएपछि दशैं सकिने प्रचलन पनि रहेको छ।