टस हारेर ब्याटिङमा उत्रेको नेपालले त्रिकोणात्मक श्रृंखलाको उपाधिका लागि नेपालले यूएईलाई रनको १६३ लक्ष्य दिएको छ । आज भएको फाइनल खेलमा उक्त लक्ष्य पाएको हो ।
त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६२ रन बनायो । केहीबेरमा युएईले जवाफी ब्याटिङ गर्नेछ । क्रिकेट प्रेमी नेपाली दर्शकहरुको उत्साहपुर्ण उपस्थिति रहेको छ ।













