Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि

मेरो आर्थिक
मेरो आर्थिक
कार्तिक १३ गते २०८०
नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि

अघिल्लो कारोबार दिन ७४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २८७ स्टको ३० हजार २३७ पटकको कारोबारमा ९६ करोड ४२ लाख रुपैयाँ बराबरको २८ लाख २४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन पञ्चकन्या माइ हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ७.८२ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ भने सुपर मादी हाइड्रोपावरको ५ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको सोनापुर मिनरल्सको शेयर यस दिन पनि नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कम्पनीको शेयरमूल्य ३१ रुपैयाँ ५० पैसा घटेर २८३ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन साधना लघुवित्तको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। सो लघुवित्तको यस दिन ३ करोड ६० लाख रुपैयाँ बराबरको संस्थापक शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नेपाल लाइफ इन्स्योरेन्सको यस दिन ३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन परिसूचक बढेका उपसमूहको वृद्धिदर भने १ प्रतिशतभन्दा कम रहेको छ। यस दिन होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक घटेको हो।

Add a new comment