नगद लाभांश प्रस्ताव पारित गर्नकालागि सिद्धार्थ बैंकले बोलायो साधारणसभा
मेरो आर्थिक
कार्तिक १४ गते २०८०
समयः ३:४३ pm
सिद्धार्थ बैंकले मंसिर ५ गतेका लागि साधारणसभा बोलाएको छ । गत आर्थिक वर्षको नाफाबाट वितरण हुने लाभांश तथा वित्तीय विवरण पारित गर्न बैंकले सार्वजनिक सूचना मार्फत साधारणसभा बोलाएको हो ।
सभाले घोषित ४.२१ प्रतिशत नगद लाभांश पारित गर्नेछ । बालुवाटारस्थित अम्रपाली बैंक्वेटमा साधारणसभा हुने जनाइएको छ । कात्तिक २० गतेसम्म सेयर कायम रहेका सेयरधनी साधारणसभामा सहभागी हुन सक्नेछन् ।
साधारणसभाका लागि कम्पनीले कात्तिक २१ गते सेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) गर्ने जनाएको छ । लाभांश पाउनका लागि कात्तिक २० गतेसम्म कायम रहेका सेयरधनी मात्रै पाउने छन् ।