माघ २२ गते २०८२ --:--:--
मेनु

मलेसियालाई हराउँदै नेपाल टी-२० विश्वकप छनोटको सेमिफाइनलमा

मेरो आर्थिक मेरो आर्थिक कार्तिक १४ गते २०८० ४:२५ PM
मलेसियालाई हराउँदै नेपाल टी-२० विश्वकप छनोटको सेमिफाइनलमा

टी–२० विश्वकप छनोट खेलमा मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा पुगेको छ । टस जितेर मलेसियाले दिएको १६६ रनको चुनौती नेपालले चार विकेटको क्षतिमा नेपालले पुरा गरेको हो ।

पराजयसँगै सिंगापुर र मलेसिया भने बाहिरिएको छ । नेपालको जितसँगै समूह ए बाट सेमिफाइनल पुग्ने अर्को टीम ओमान बनेको छ । ओमानले आजै बिहान सिंगापुरविरुद्ध जित निकालेको थियो ।

नेपालका लागि कुशल मल्ल र कुशल भुर्तेलले आक्रमक ब्याटिङ जसमा मल्लले ३४ बलमा ७ छक्का र २ चौकासहित ६५ रन बनाए । ओपनर भुर्तेलले २५ बलमा ४ छक्का र ४ चौकासहित ४३ रन बनाएका थिए । खेलमा नेपाली दर्शकहरुको उत्साहपुर्ण सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?