फागुन १९ गते २०८२ --:--:--
मेनु

नेपाल भ्रमण पूरा गरी फर्किए महासचिव गुटेरेस

मेरो आर्थिक मेरो आर्थिक कार्तिक १५ गते २०८० ११:१४ AM
नेपाल भ्रमण पूरा गरी फर्किए महासचिव गुटेरेस

सयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने भ्रमण पूरा गरी फर्किएका छन् । गुटेरेस बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेलायततर्फ प्रस्थान गरेका हुन् ।

नेपाल भ्रमणको क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतसँग भेटवार्तासमेत गरेका थिए ।

नेपाल भ्रमणको क्रममा गुटेरेसले मंगलबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै संक्रमणकालीन न्याय टुंगोमा पुर्याउने काममा नेपाल एक्लै नरहेको भन्दै त्यसलाई सघाउन राष्ट्रसंघ तयार रहेको बताएका थिए ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?