फागुन २४ गते २०८२ --:--:--
मेनु

नेप्से परिसूचकमा वृद्धि

मेरो आर्थिक मेरो आर्थिक कार्तिक २१ गते २०८० ४:५७ PM
नेप्से परिसूचकमा वृद्धि

मंगलबार नेप्से परिसूचक ११.२२ अंक बढेर १८५८.७६ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.४६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७१ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन करिब ९४ करोडको शेयर कारोबार भएको बजारमा यस दिन २८५ स्टकको ४० हजार ६०० पटकको कारोबारमा ९९ करोड ६५ लाख ८६ हजार रुपैयाँ बराबरको ४३ लाख ३१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस दिन लगानी उपसमूहको परिसूचक सर्वाधिक १.५१ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन वित्त, जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन ०.१८ प्रतिशत घटेको हो।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?