Skip to content
logo
कार्तिक ३ गते २०८१ समयः

पैदलयात्री आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा

मेरो आर्थिक
मेरो आर्थिक
मंसिर १२ गते २०८०
पैदलयात्री आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा

काठमाडौंको बबरमहलमा पैदलयात्री आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा ल्याइएको छ । ‘पेलिकन क्रसिङ’ भनिने यसप्रकारको ट्राफिक लाइट सोमबारदेखि सञ्चालनमा ल्याइएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले बटन थिचेपछि पाँच सेकेन्डमा हरियो बत्ती बल्ने र तोकिएको ३० सेकेन्डभित्र पैदलयात्रीले जेब्रा क्रसिङ गरिसक्नुपर्ने बताउनुभयो । बबरमहलस्थित जिल्ला अदालत अगाडिको सडकमा १० लाख रुपैयाँ लागतमा पैदलयात्री आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधिको ‘क्रसिङ’ राखिएको हो ।

पैदलयात्रुले बटन थिचेर बाटो काट्न मिल्ने ट्राफिक बत्ती अल्पकालीन समाधान भए पनि दीर्घकालीन समाधानका लागि उक्त क्षेत्रमा पुल वा अन्डरपास बनाउनुपर्ने सरोकारवालाहरू बताउँछन् ।

Add a new comment