फागुन १९ गते २०८२ --:--:--
मेनु

पैदलयात्री आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा

मेरो आर्थिक मेरो आर्थिक मंसिर १२ गते २०८० ७:२३ AM
पैदलयात्री आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा

काठमाडौंको बबरमहलमा पैदलयात्री आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा ल्याइएको छ । ‘पेलिकन क्रसिङ’ भनिने यसप्रकारको ट्राफिक लाइट सोमबारदेखि सञ्चालनमा ल्याइएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले बटन थिचेपछि पाँच सेकेन्डमा हरियो बत्ती बल्ने र तोकिएको ३० सेकेन्डभित्र पैदलयात्रीले जेब्रा क्रसिङ गरिसक्नुपर्ने बताउनुभयो । बबरमहलस्थित जिल्ला अदालत अगाडिको सडकमा १० लाख रुपैयाँ लागतमा पैदलयात्री आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधिको ‘क्रसिङ’ राखिएको हो ।

पैदलयात्रुले बटन थिचेर बाटो काट्न मिल्ने ट्राफिक बत्ती अल्पकालीन समाधान भए पनि दीर्घकालीन समाधानका लागि उक्त क्षेत्रमा पुल वा अन्डरपास बनाउनुपर्ने सरोकारवालाहरू बताउँछन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?