Skip to content
logo
कार्तिक ३ गते २०८१ समयः

उ.वा. संघद्वारा ‘आम्दानी गर्नेले कर तिर्नुपर्ने सर्वमान्य सिद्धान्त रहेको’ पुष्टि

मेरो आर्थिक
मेरो आर्थिक
मंसिर १३ गते २०८०
उ.वा. संघद्वारा ‘आम्दानी गर्नेले कर तिर्नुपर्ने सर्वमान्य सिद्धान्त रहेको’ पुष्टि

उद्योग वाणिज्य संघ– चितवनले करको बिषयमा ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार संघका कार्यकारी निर्देशक निलबहादुर केसीले करको बिषयलाई लिएर आएको गुनासोलाई संबोधन गर्दै आम्दानी गर्नेले कर तिर्नुपर्ने करको सर्वमान्य सिद्धान्त रहेको समेत स्मरण गराउंदै घर तथा जग्गाको बहालकर घर वा जग्गा धनीले नै भुक्तानी गर्नुहुनको लागि सम्बन्धित सबैमा उद्योग वाणिज्य संघ–चितवनको तर्फबाट हार्दिक अपिल उक्त अपिल गरेका हुन् ।

संघका कार्यकारी निर्देशक निलबहादुर केसीले उक्त अपिलमा भनेका छन्ः “उद्योग वाणिज्य संघ–चितवनले चितवन जिल्लाका उद्यमी व्यवसायीहरुको हक, हितको संरक्षण, संबद्र्धन तथा प्रवद्र्धन गर्दै जिल्लाको समग्र विकास लगायत राष्ट्रको आर्थिक उन्नतिमा महत्वपूर्ण योगदान पु¥याउंदै आएको छ । यस क्षेत्रका उद्यमी व्यवसायीहरुको आवाजलाई बुलन्द बनाउंदै जिल्लाको आर्थिक सामाजिक एवं शैक्षिक विकासका लागि संघले आफ्नो क्षमताले भ्याएसम्म तथा सम्बन्धित निकायहरु संगको पहल कदमी एवं पैरवी गर्दै आफ्नो गतिविधिहरुलाई निरन्तर रुममा सञ्चालन गर्दै आइरहेको सबैलाई विदितै छ ।”

“आर्थिक मन्दी , मूल्य वृद्धि तथा बैंक व्याजका कारण उद्यमी व्यवसायी चरम आर्थिक मारमा परिरहेको व्यहोरा सबैमा विदितै छ । आफ्नो उद्यम व्यवसाय सञ्चालन गर्ने सन्दर्भमा उद्यमी व्यवसायीहरुले नेपाल सरकारका विभिन्न निकायमा कर तथा राजश्व भुक्तानी गर्दै आइरहेकाछन् । पछिल्लो समयमा घर वा जग्गा भाडामा लिएर व्यवसाय गर्दै आएका व्यवसायीलेनै स्वयं घर वा जग्गा बहाल कर तिर्न परेको भनी गुनासो उद्योग वाणिज्य संघ–चितवनमा आईरहेकोप्रति उद्योग वाणिज्य संघ–चितवनको ध्यानाकर्षण भएको छ । आम्दानी गर्नेले कर तिर्नुपर्ने करको सर्वमान्य सिद्धान्त रहेको समेत स्मरण गराउंदै घर तथा जग्गाको बहालकर घर वा जग्गा धनीलेनै भुक्तानि गर्नुहुनको लागि सम्बन्धित सबैमा उद्योग वाणिज्य संघ–चितवन हार्दिक अपिल गर्दछ ।”

Add a new comment