Skip to content
logo
कार्तिक ३ गते २०८१ समयः

नेपाल क्लियरिङ हाउसको अध्यक्षमा पौडेल

मेरो आर्थिक
मेरो आर्थिक
पौष ४ गते २०८०
नेपाल क्लियरिङ हाउसको अध्यक्षमा पौडेल

नेपाल क्लियरिङ हाउस लिमिटेडको अध्यक्षमा रामु पौडेललाई सर्व–सम्मत रूपमा अध्यक्ष पदमा चयन भएका छन् । कम्पनीको २३० औं सञ्चालक समितिको बैठकबाट अध्यक्ष चयन गरिएको हो ।

नेपाल राष्ट्र बैंकभित्र हालै भएको विभिन्न विभागीय परिवर्तन पश्चात् नेपाल क्लियरिङ हाउसमा गरिँदै आएको प्रतिनिधित्व समेत परिवर्तन भएको हो । पौडेलसँग केन्द्रीय बैंकको विभिन्न विभागमा २२ वर्ष भन्दा बढी काम गरेको अनुभव रहेको छ ।  मङ्गलवार डेपुटी गभर्नर बम बहादुर मिश्रबाट अध्यक्ष पदको शपथसमेत ग्रहण गरिसकेका छन् । 

Add a new comment