माघ १५ गते २०८२ --:--:--
मेनु

साताको अन्तिम कारोबार दिन नेप्से परिसुचकमा गिरावट

मेरो आर्थिक मेरो आर्थिक पौष ५ गते २०८० ४:४५ PM
साताको अन्तिम कारोबार दिन नेप्से परिसुचकमा गिरावट

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार नेप्से सूचक ३२.७७ अंकले घट्दै २१०९.१० अंकमा झरेको हो । अघिल्ला ६ कारोबार दिनमा नेप्से परिसूचक १९२.६७ अंक बढेको थियो ।

त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ६ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.६३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४४ अंक घटेको छ।

आज नेप्से सूचकसँगै कारोबारमा समेत केही गिरावट आएको छ । अघिल्लो दिन ७ अर्ब ९५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज कारोबार घटेर ६ अर्ब २७ करोड ४३ लाख रुपैयाँ झरेको हो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?