हिमालयन रि इन्स्योरेन्स लिमिटेडको प्राथमिक शेयर बुधवार बाँडफाँट हुने
मेरो आर्थिक
पौष ११ गते २०८०
समयः ८:०८ am
हिमालयन रि इन्स्योरेन्स लिमिटेडको प्राथमिक शेयर बुधवार बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार बिहान १० बजे शेयर बाँडफाँट हुने तय भएको हो ।
कम्पनीले गत मंसिर २७ देखि शेयर निष्कासन गरेको थियो। कम्पनीले १० अर्ब रुपैयाँ जारी पूँजीको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता शेयर जारी गर्ने अनुमति पाएको थियो। कम्पनीले प्रतिशेयर अंकित १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता २०६ रुपैयाँका दरले हुन आउने ६ अर्ब १८ करोड रुपैयाँको शेयर निष्कासनमा ल्याएको थियो। जसमा १६ लाख ६१ हजार दुई सय ४२ जनाले आवेदन दिएका छन्।
जसमा २ प्रतिशत अर्थात् ६ लाख कित्ता कम्पनीमा कार्यरत कर्मचारीलाई सुरक्षित गरिएको छ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ३ लाख कित्ता शेयर निष्कासन गरी बाँडफाँट गरिसकेको छ। त्यसै गरी, कम्पनीले सामूहिक लगानी कोषका लागि १५ लाख कित्ता शेयर पनि बाँडफाँट गरिसकेको छ।