फागुन २३ गते २०८२ --:--:--
मेनु

सिटिजन्स क्यापिटल र युनाईटेड मोदी हाइड्रोपावर लिमिटेड बीच सम्झौता

मेरो आर्थिक मेरो आर्थिक पौष १२ गते २०८० ८:३९ AM
सिटिजन्स क्यापिटल र युनाईटेड मोदी हाइड्रोपावर लिमिटेड बीच सम्झौता

सिटिजन्स क्यापिटल लिमिटेड र युनाईटेड मोदी हाइड्रोपावर लिमिटेड बीच कमलादी, काठमाण्डौमा हाइड्रोपावरको साविकको शेयरधनीहरुको लागि हकप्रद शेयर निष्काशन सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतामा युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडका तर्फबाट अध्यक्ष श्री नरेन्द्र बल्लभ पन्त तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेड मार्फत निकट भविष्यमा युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडको हकप्रद शेयर साधारणसभाबाट पारित भए पश्चात् निष्काशन हुनेछ ।

युनाईटेड मोदी हाइड्रोपावर लिमिटेड अन्तर्गतको पर्वत जिल्लामा अवस्थित रहेको १० मेगावाट उत्पादन क्षमता रहेको “तल्लो मोदी – १ जलविद्युत आयोजना” २०६९ मंसिर देखि नै संचालनमा आईसकेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?