फागुन १९ गते २०८२ --:--:--
मेनु

वायुसेवा कम्पनीलाई पत्राचार

मेरो आर्थिक मेरो आर्थिक माघ ७ गते २०८० ९:१० AM
वायुसेवा कम्पनीलाई पत्राचार

काठमाडौं– वायुसेवा कम्पनीलाई शुक्रबार पत्र पठाउदै त्रिभुवन विमानस्थलद्वारा रात्रि बिसान नगर्न निर्देशन दिइएको छ । कार्यान्वयन फितलो भएकाले वायुसेवा कम्पनीहरुलाई कडाइका साथ नियमको पालना गर्न सचेत गराइएको विमानस्थलका प्रवक्ता सुभाष झाले जानकारी दिदैँ निर्देशनलाई कडाईका साथ पालना गर्न गराउन पत्र काटिएको जनाएका हुन् ।

विमानस्थलका प्रवक्ता सुभाष झा भन्छन्, ‘यसअगाडि पनि हामीले पत्राचार गर्दै आएको थियौँ । तर रात्री मौसम बिग्रिएको, पेसेन्जर नभएको र बेलाबखत जहाज पनि बिग्रिएको समस्या देखाउँदै कार्यान्वयन फितलो हुने गरेको थियो ।’ नेपाल नागरिक उड्डयन प्राधिकरणले गत वर्ष नै वायुसेवा कम्पनीलाई काठमाडौंमा रात्रि बिसान नगरी मोफसलमा लैजान आग्रह गरेको थियो ।

काठमाडौंमा जहाज पार्किङमा चाप हुँदा निम्तिन सक्ने जोखिम कम गराउन र यस्तै प्रकृतिका अन्य समस्या समाधानका लागि पूर्वतयारी अवस्थामा रहन कम्पनीहरुलाई आग्रह गरेको पनि जानकारी दिए । योसँगै ‘यसअघि पनि हामीले हप्ता प्रन्ध दिनमा सचेत गराउँदै आएका थियौं । अब भने कार्यान्वयनमा आनाकानी भए, थप प्रक्रिया चाल्नेछौँ’, उनले भने

त्रिभुवन विमानस्थलमा ११ वटा अन्तर्राष्ट्रिय र १७ वटा डोमेष्टिक पार्किङ रहेका छन् ।पत्राचार मार्फत प्राधिकरणले यो नियम कडाइ गरेसँगै बुद्ध एयरका नौ, श्री एयरलाइन्सका तीनसँगै यती एयरलाइन्स, सीता एयर, नेपाल वायुसेवा निगम र तारा एयरका एक/एक जहाज रात्रि बिसानका लागि काठमाडौं बाहिरका विमानस्थल लैजानुपर्ने भएको छ । आगामी दिनमा जहाजमा टेक्निकल समस्या भएको भन्ने कम्पनीले ‘टेक्निकल लगबुक’ देखाउनुपर्ने जसमार्फत जहाज साँच्चिकै प्राविधिक कारणले बिग्रिएको हो वा बहाना बनाइएको हो भन्ने कुरा प्रष्ट हुने उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?