फागुन २३ गते २०८२ --:--:--
मेनु

लिलामी विक्री गरिदै घलेम्दी हाइड्रोपावरको शेयर

मेरो आर्थिक मेरो आर्थिक माघ ९ गते २०८० ९:३८ AM
लिलामी विक्री गरिदै घलेम्दी हाइड्रोपावरको शेयर

घलेम्दी हाइड्रोपावरको ३२ लाख १७ हजार ७२४ कित्ता साधारण सेयर मंगलबारदेखि इच्छुक सर्वसाधारणले सेयर खरिदका लागि गोप्य शिलबन्दी बोलपत्र आवेदन दिने गरी लिलामी बिक्रीमा आएको छ ।

बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटलका अनुसार यस अघि १ बराबर २ अनुपातमा जारी भएको हकप्रद सेयर निष्कासन गरिएको थियो तर त्यस बेला सम्पूर्ण कित्ताका लागि आवेदन नपरेपछि लिलामी बिक्री खुलाइएको हाे ।

क्यापिटलका अनुसार द्बितिय बजारमा प्रतिकित्ता १८९ रुपैयाँ रहेको शेयर लिलामीमा प्रतिकित्ता न्यूनतम १ सय रुपैयाँ तोकेर माघ २३ गतेसम्म गोप्य शिलबन्दी आवेदन दिन सकिनेछ । क्यापिटलको कार्यालय नक्साल तथा मुक्तिनाथ विकास बैंकका शाखा कार्यालयहरु ठिमी, कुमारीपाटी, विर्तामोड, विराटनगर, वीरगन्ज, जनकपुर, हेटौंडा, नारायणगढ, पोखरा, बागलुङ, बेनी, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?