Skip to content
logo
कार्तिक ३ गते २०८१ समयः

दुई कम्पनीको शेयर सकारात्मक सर्किट, हिमालयन रि इन्स्योरेन्सको कारोबार उच्च

मेरो आर्थिक
मेरो आर्थिक
माघ ९ गते २०८०
दुई कम्पनीको शेयर सकारात्मक सर्किट, हिमालयन रि इन्स्योरेन्सको कारोबार उच्च

अघिल्ला ४ कारोबार दिनदेखि घटिरहेको नेप्सेले मंगलबार पनि झिनो अंकले घटेर बन्द भएको छ।

मंगलबार नेप्से परिसूचक ०.४० अंक घटेर २०९८.२९ विन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स ०.१९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.०८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२३ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ६ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१० स्टकको १ लाख १७ हजार पटकको कारोबारमा ४ अर्ब २९ करोड ४५ लाख रुपैयाँ बराबरको १ करोड १८ लाख १ हजार कित्ता शेयर कारोबार भएको छ।

वर्तमान दिनहरुमा चर्चाको शिखरमा रहेको हिमालयन रि इन्स्योरेन्स कारोबार रकमका आधारमा आज पनि शीर्ष स्थानमा रहेको छ जस्को ५५ करोड ९ लाख ८० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै अपि पावरको १८ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चरको कारोबार रकम साढे १३ करोड नाघेको छ।

आज चन्द्रागिरी हिल्स र नेपाल ल्यूब आयल लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, एनएमबि माइक्रोफाइनान्स र तेह्रथुम पावरको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने मिड सोलु हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ६.२० प्रतिशत घटेको छ।

१३ उपसमूहमध्ये मंगलबार ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ४.७४ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक, वित्त, लगानी, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक सामान्य बढेको छ।

Add a new comment