Skip to content
logo
माघ २३ गते २०८१ समयः

बुधबार नेप्से परिसुचक र कारोबार दुवैमा सामान्य गिरावट

मेरो आर्थिक
मेरो आर्थिक
माघ १७ गते २०८०
बुधबार नेप्से परिसुचक र कारोबार दुवैमा सामान्य गिरावट


साताको पहिलो कारोबार दिनदेखि उकालो लागिरहेको नेप्से परिसुचक बुधबार भने समान्य अङ्कले घटेको छ।

आजको बजार क्लोजिङ पछिको नतिजामा नेप्से परिसूचक २१.६७ अंक घटेर २०९७.९३ विन्दुमा झरेको हो। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ३.०८ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२१ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य घटेको छ। अघिल्लो कारोबार दिन साढे ५ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा बुधबार ३१३ स्टकको ९५ हजार पटकको कारोबारमा ५ अर्ब २९ करोड ५६ लाख रुपैयाँ बराबरको १ करोड ४७ लाख ७७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज सामलिङ्ग पावर कम्पनीको शेयरमूल्य सर्वाधिक ९.८७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य ९.६७ प्रतिशत बढेको छ भने पिपुल्स पावरको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ। बुधबार मेन्छियाम हाइड्रोपावर, स्वाभिमान लघुवित्त, अप्पर साङ्गे हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।

Add a new comment