फागुन २३ गते २०८२ --:--:--
मेनु

विभिन्न १२ कम्पनीहरु हकप्रद शेयर निष्काशन गर्ने तयारीमा

मेरो आर्थिक मेरो आर्थिक माघ १८ गते २०८० २:३६ PM
विभिन्न १२ कम्पनीहरु हकप्रद शेयर निष्काशन गर्ने तयारीमा

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल, ङादी ग्रुप पावर, आँखुखोला जलविद्युत कम्पनी, अरुण भ्याली हाइड्रोपावर, हिमालयन उर्जा विकास कम्पनी, एनएलजी इन्स्योरेन्स, रिडी पावर, लिवर्टी इनर्जी, बरुण हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक र जोशी हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेका छन् ।

यी सबै कम्पनीले हकप्रद शेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिइसकेका छन् जस अन्तरगत हाइड्रोपावर कम्पनीले विद्युत नियमन आयोगबाट स्वीकृतिसमेत पाइसकेका छन् । 

यी विविध १२ कम्पनीहरुमा हकप्रद शेयर निष्काशन गर्नुमा आ-आफ्नै उद्धेश्यहरु रहेका छन् जसमा केहीले पूँजी वृद्धि गर्न, केहीले नयाँ आयोजना लगानी गर्न र केही कम्पनीको ऋण तिर्ने उद्धेश्य रहेको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले २ करोड ३४ लाख कित्ता, एनएलजी इन्स्योरेन्स कम्पनीले९६ लाख ३१ हजार २२० दशमलव २२ कित्ता, ङादी ग्रुप पावर कम्पनीले १ करोड ८५ लाख १२ हजार ७९२ दशमलव २३ कित्ता, आँखुखोला जलविद्युत कम्पनीले १ करोड २० लाख, अरुण भ्याली हाइड्रोपावर र हिमालयन उर्जा विकास कम्पनीले समान ९९ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेका छन् । 

त्यस्तै, रिडी पावर कम्पनीले ७७ लाख ४४ हजार ५०६ कित्ता, लिवर्टी इनर्जी कम्पनीले ७५ लाख, बरुण हाइड्रोपावरले ५३ लाख ५८ हजार १५० कित्ता, छ्याङदी हाइड्रोपावरले ३८ लाख ६९ हजार ७७५ कित्ता, जोशी हाइड्रोपावरले २४ लाख १४ हजार कित्ता र नारायणी डेभलमपेन्ट बैंकले भने २६ लाख २४ हजार ६७६कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको धितोपत्र बोर्डले जनाएको छ । 

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?