फागुन २३ गते २०८२ --:--:--
मेनु

चुक्ता पूँजी बढाउन हकप्रद शेयर निष्काशन गर्दै एशियन इन्स्योरेन्स

मेरो आर्थिक मेरो आर्थिक माघ २१ गते २०८० १:४५ PM
चुक्ता पूँजी बढाउन हकप्रद शेयर निष्काशन गर्दै एशियन इन्स्योरेन्स

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (ALICL) को आर्थिक वर्ष २०७९/८० को माघ १९ गते बसेको वार्षिक साधारण सभाले चुक्तापूँजी ५ अर्ब पुर्याउने उद्धेश्यले बोनस शेयर वितरणपश्चात हकप्रद शेयर जारी गर्ने भएको छ।

इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ७.७५ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने र त्यसपश्चात ४२ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको जनाएको छ।

उक्त समितिको बैठकले बोनस शेयर वितरणपश्चात १ बराबर ०.४२ प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?