Skip to content
logo
कार्तिक ३ गते २०८१ समयः

विराटनगर बरगाछीमा सवारी दुर्घटना भएपछि मालबाहक ट्रकमा आगजनी

मेरो आर्थिक
मेरो आर्थिक
माघ २८ गते २०८०
विराटनगर बरगाछीमा सवारी दुर्घटना भएपछि मालबाहक ट्रकमा आगजनी

माघ २८, विराटनगर । विराटनगरको बरगाछी आइतबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

स्कुटरलाई ट्रकले ठक्कर दिँदा सुनसरी जिल्लाको दुहबी नगरपालिका–९ का २५ वर्षीय युवकको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

स्कुटर चालकलाई कोशी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा स्कुटर पछाडि सवार व्यक्ति पनि गम्भीर घाइते भएका छन् । उनको उपचार भइरहेको छ ।

दुर्घटनापछि स्थानीयले ट्रकमा आगजनी गरेपछि कोशी राजमार्ग केही समयका लागि अवरुद्ध भएको अधिकारीहरुले जनाएका छन् । हाल प्रहरीले आगो नियन्त्रणमा लिएर यातायात पु्न खुलाएको छ ।

ट्रक चालक शेरबहादुर राईलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Add a new comment