फागुन २३ गते २०८२ --:--:--
मेनु

कालिञ्चोक दर्शनको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित

मेरो आर्थिक मेरो आर्थिक माघ २९ गते २०८० ९:१९ AM
कालिञ्चोक दर्शनको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित

कालिञ्चोक दर्शन लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको सो अवधिसम्ममा आम्दामी बढेकोले खुद नाफा धनात्मक भएको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ६४ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको खुद नाफा ९८ लाख रुपैयाँ ऋणात्मक रहेको थियो।

समीक्षा अवधिमा कम्पनीको आम्दानी ६५३.०८ प्रतिशत बढेर ३ करोड ४३ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, उक्त अवधिमा कम्पनीको सञ्चालन आम्दानी ७०४.९४ प्रतिशत बढेको छ भने वित्तीय खर्च ८५.२९ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा ६८ लाख रुपैयाँ ऋणात्मक रहेको कम्पनीको सञ्चालन मुनाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ करोड ३७ लाख रुपैयाँ धनात्मक भएको छ।

पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ १६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ९७ रुपैयाँ ९४ पैसा रहेको छ। त्यस्तै, सो अवधिसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ३८०.३९ गुणा रहेको छ।

५९ करोड ६३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष १ करोड २४ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?