Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

नागरिकका हरेक समस्या समाधानमा लागिपरेकोले जित सुनिश्चित: खड्का

मेरो आर्थिक
मेरो आर्थिक
चैत्र २९ गते २०८०
नागरिकका हरेक समस्या समाधानमा लागिपरेकोले जित सुनिश्चित: खड्का

बैशाख १५ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनका राजनीतिक दलहरु र उम्मेदवार चुनावी प्रचारप्रसारमा व्यस्त छन् । एकै दिन इलाम क्षेत्र नम्वर–२ मा प्रतिनिधिसभा र बझाङ प्रदेशसभा १ मा उपनिर्वाचन हुन लागेको हो ।

चर्चामा रहेको इलाम क्षेत्र नम्वर–२ मा एमाले र माओवादी केन्द्रले साझा उम्मेदवार उठाएका छन् भने कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, एकीकृत समाजवादी लगायत दलले छुट्टै उम्मेदवारी दिएका छन् ।

प्रतिनिधिसभा सदस्य एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपश्चात् इलाममा हुन लागेको उपनिर्वाचनमा १२ राजनीतिक दल र ८ स्वतन्त्र गरि २० जनाले उम्मेद्वारी दर्ता गराएका छन् । दशकौ लामो पुुराना दलहरुको वर्चश्व र जनजाती बाहुुल्यता रहेको इलाममा पुरानादेखि नयाँ उदय दलसहित पहिचानवादी पनि प्रतिस्पर्धामा होमिदा यसपटक चुनावी परिणामप्रतिको चासो सर्वत्र बढेको छ ।

इलाममा सत्तारुढ एमाले र माओवादी केन्द्रका साझा उम्मेदवार सुहाङ नेम्वाङ, सत्तारुढ अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट मिलन लिम्बुु, एकीकृत समाजवादीका जितबहादुर राई चुनावी प्रतिस्पर्धामा रहँदा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले डम्बर खड्कालाई चुनावी मैदानमा उतोरको छ । पहिचानवादीका तर्फबाट नेता डकेन्द्रसिंह लिम्बुुले जसपा र बाबुराम भट्टराईको पार्टीको समर्थन पाएका छन् । एमाले आफ्नो विरासत जोगाउने ध्याउन्नमा छ भने कांग्रेस पनि पहिलेको नतिजा उल्टाउने प्रयासमा छ । यस्तै चितवन र तनहुँमा यसअघि सम्पन्न उपनिर्वाचनको नतिजाबाट हौसिएको रास्वपा इलाममा जित निकालेर आफ्नो उदयको बिगुल फुुक्ने रणनीतिमा छ । त्यसकारण पनि एमाले, कांग्रेस, माओवादी, पहिचानवादीबीचको प्रतिस्पर्धाले इलाम २ को उपनिर्वाचन रोचक हुने देखिन्छ ।

इलाममा यसपटक कसको पल्ला भारी होला भनेर विश्लेषण गर्ने हो भने, अघिल्लो निर्वाचनको मतपरिणाम र बँदलिदो वर्तमान राजनीति परिदृश्यलाई हेर्नुपर्ने हुन्छ । इलाममा दशकौं अघिदेखि मुख्य प्रतिस्पर्धामा एमाले र कांग्रेस छन् । २०५६ सालयता एमालेका नेता नेम्वाङले विरासत जोगाउदै आउँदा गत निर्वाचनमा कांग्रेसका नेता खड्का नेम्वाङसंग १ सय १४ को झिनो मतान्तरले पराजित भएका थिए । त्यसबेला केन्द्रीय सत्तागठबन्धमा रहेका कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको चुनावी गठजोडकाबीच एक्ला प्रतिस्पर्धी एमालेका नेम्वाङ विजयी भएका थिए । अघिल्लो हारको बदला लिने कांग्रेसको रणनीति छ । नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रामा प्रवेश गरेका कांग्रेस नेता खड्का पार्टी जिल्ला सभापति हुन् । नागरिकका हरेक समस्या समाधानमा लागिपरेकोले जित सुनिश्चितको दाबी खड्काको छ ।

प्रतिनिधिसभा अन्तर्गत इलाम २ र बझाङ प्रदेश सभा क्षेत्र नम्वर एकमा हुुने उपनिर्वाचनको चटारो छ । आगामी बैशाख १५ गते इलाम र बझाङमा हुुने उपनिर्वाचनको कसीमा दलहरु घरदैलो अभियानमा सक्रिय बनेसंगै त्यस क्षेत्रमा चुनावी सरगर्मीले रौनकता थपिएको छ । बझाङको उपनिर्वाचनको तुलनामा इलामको चुनावप्रति बढी चासो देखिएका छन् ।

Add a new comment