माघ २२ गते २०८२ --:--:--
मेनु

ताप्लेजुङमा अवस्थित ओलाङचुङगोलामा बुधबार पहिलो पटक गाडी

मेरो आर्थिक मेरो आर्थिक चैत्र २९ गते २०८० ७:१८ AM
ताप्लेजुङमा अवस्थित ओलाङचुङगोलामा बुधबार पहिलो पटक गाडी

पुर्वको हिमाली जिल्ला ताप्लेजुङमा अवस्थित ओलाङचुङगोलामा बुधबार पहिलो पटक गाडी पुगेको छ । ताप्लेजुङ जिल्लाको सवै भन्दा दुर्गम गाउ ओलाङचुङगोलामा भौगोलिक विकटताका बाबजुद गाडी पुगेको हो ।

दुर्गम तर चर्चित यस ठाउँमा गाडीको आगमनलाई असामान्य संभावनाको रुपमा हेरिएको छ । पर्यटकीय संभावना बोकेको यो ठाउँमा गाडीको सुविधा पुगेकोमा जिल्लाबासीहरु खुशी ब्यक्त गरिरहेका छन् ।

“हिमाली जिल्ला त्यससँगै बिकट भौगोलिक अवस्थिति जसलाई तोडेर यो संभावना खोज्ने कुनै सामान्य कुरा थिएन, आज हामी सफल भएका छौं ।” उद्घाटनमा सहभागी एक स्थानीयले भने । उनले भने “यसबाट ओलाङचुङ्बासिहरुलाई सेवा हुने नै भयो यसका अलावा पर्यटकहरुलाई अझ धेरै सेवा हुनेछ ।”

(ताप्लेजुङबाट दिल कुमार फेम्बुको सहगोगमा एक रिपोर्ट)

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?