Skip to content
logo
माघ २३ गते २०८१ समयः

अल थानी आज नेपाल आउने, २१ तोपको सलामी दिएर सम्मान गरिने

मेरो आर्थिक
मेरो आर्थिक
वैशाख ११ गते २०८१
अल थानी आज नेपाल आउने, २१ तोपको सलामी दिएर सम्मान गरिने

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउने निश्चय भएको छ । दुईदिने राजकीय भ्रमणको क्रममा उनी मंगलबार नेपाल आउन लागेका हुन ।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने भएका छन् ।

विमानस्थलको अति विशिष्ट कक्षमा कतारका अमिरलाई २१ तोपको सलामी दिएर सम्मान गरिने कार्यक्रम रहेको छ । सोही उपलक्ष्यमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।

फिलिपिन्सबाट एसिया भ्रमण थालेका कतारी राजा बंगलादेशबाट काठमाडौं उत्रन लागेका हुन् । उनले मंगलबार बेलुका नै राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्नेछन् । उक्त भेटवार्तापछि राष्ट्रपति पौडेलले कतारी राजाको सम्मानमा सोल्टी होटलमा राजकीय रात्रिभोज आयोजना गर्दै छन् ।

भ्रमणको दोस्रो दिन बुधबार बिहान कतारी राजा र प्रधानमन्त्री पुष्पकमल दाहालबीच प्रतिनिधि मण्डलस्तरीय द्विपक्षीय भेटवार्ता हुने तय भएको छ । उक्त बैठकपछि दुई मुलुक बीचमा विभिन्न ५ क्षेत्रमा समझदारी हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतकुमार राईले जानकारी दिए ।

Add a new comment