राजदूतको बारपाक भ्रमण, भूकम्पमा ज्यान गुमाएकालाई श्रद्धाञ्जली अर्पण : Mero Aarthik
असार १७ गते २०८२
ब्रेकिङ न्यूज

राजदूतको बारपाक भ्रमण, भूकम्पमा ज्यान गुमाएकालाई श्रद्धाञ्जली अर्पण

मेरो आर्थिक मेरो आर्थिक वैशाख १४ गते २०८१

२०१५ मा गएको भूकम्पको ९औं वर्षको अवसरमा गत साता राजदूत थम्पसनले भूकम्पको केन्द्रविन्दु बारपाकको भ्रमण गर्नु भएको छ । सोही भ्रमणको क्रममा २५ अप्रिल २०१५ को भूकम्पमा ज्यान गुमाएकाहरूलाई श्रद्धाञ्जली अर्पण समेत गर्नु भएको थियो ।

भ्रमणको क्रममा नेपाल स्थित युएसए एम्बेसीका अनुसार उहाँले भूकम्पपछि उद्धारका क्रममा ज्यान गुमाएका छ अमेरिकी मरीन र सात नेपालीको वीरतालाई पनि सम्मान गर्नुभएको थियो।


एम्वेसीले भनेको छः ‘हामीले त्यस दुखद घटनामा आफ्नो ज्यान गुमाएका सबै प्रति समवेदना प्रकट गर्छौं। हामीले नेपालको पुनर्निर्माणका प्रयासहरूमा हाम्रो साझेदारी कायम राख्ने छौं। जोखिम न्यूनीकरण सुनिश्चित गर्न र जीवन घर र समुदायको सुरक्षा गर्न नेपाल सरकारसँग विपद् तयारी, प्रतिक्रिया र पुनःप्राप्ति प्रयासहरूमा पनि साझेदारी जारी राख्न प्रतिबद्ध छौं।’


बिगतमा पनि बिभिन्न बिशम परिस्थितिमा तगायत बिकासको कार्यमा नेपाललाई सहयोग गर्दै आइरहेको छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?