Skip to content
logo
पौष ७ गते २०८१ समयः

शुक्रबार सूर्योदय नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

मेरो आर्थिक
मेरो आर्थिक
वैशाख १५ गते २०८१
शुक्रबार सूर्योदय नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

सूर्योदय नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । सूर्योदय नगरपालिका,महिला,बालबालिका तथा समाज कल्याण शाखाले निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो ।

शुक्रबार सम्पन्न शिविरमा पुरुष २५ र महिला ९८ जनाले सेवा लिएका थिए । शिविरमा स्त्रीरोग विशेषज्ञ र फिजिसियन डाक्टरहरुबाट सेवा उपलब्ध गराईएको थियो।

नगर प्रमुखको सचिवालयका अनुसार उक्त शिविरमा सूर्योदयका वडा नं ६, ७, ८ ,९ र १० नं का बिरामीहरुले निःशुल्क सेवा लिएका थिए । कार्यक्रममा नगर प्रमुख रण बहादुर राई, वडाध्यक्षहरु, वडाका प्रतिनिधिहरु, कर्मचारीहरु आदिको उपस्थिति रहेको थियो ।
शिविरका केही तस्वीरहरुः

तस्वीर: नगर प्रमुखको सचिवालय, सूर्योदय नगरपालिका

Add a new comment