युरो २०२४ को आज सेमिफाइनल खेलमा नेदरल्याण्ड्स र इंग्ल्याण्डबीच प्रतिस्पर्धा : Mero Aarthik
असार १८ गते २०८२
ब्रेकिङ न्यूज

युरो २०२४ को आज सेमिफाइनल खेलमा नेदरल्याण्ड्स र इंग्ल्याण्डबीच प्रतिस्पर्धा

मेरो आर्थिक मेरो आर्थिक असार २७ गते २०८१

काठमाडौं । युरो २०२४ को दोस्रो खेलमा आज सेमिफाइनल अन्तर्गत नेदरल्याण्ड्स र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल नेपाली समय अनुसार मध्यराति १२ः४५ बजे बर्लिनमा हुँदैछ ।

नेदरल्याण्ड्सले क्वाटरफाइनलमा टर्कीलाई २–१ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो भने इंग्ल्याण्डले स्विट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा ५–३ ले हराएर अन्तिम चारमा पुगेको हो ।

यसपटक इंग्ल्याण्ड उपाधिको मुख्य दाबेदार रहेपनि त्यो अनुसारको प्रदर्शन गर्न सकेको छैन । यसअघि २०२१ मा आफ्नै देशमा भएको युरो फाइनलमा इटलीसँग पेनाल्टी सुटआउटमा पराजित भएको इंग्ल्याण्ड लगातार फाइनलमा पुग्ने लक्ष्यमा छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?