माघ २८ गते २०८२ --:--:--
मेनु

हसिनाको तेस्रो मुलुक प्रवेशको तयारी, सेना प्रमुखले विद्यार्थी नेतालाई भेट्ने

मेरो आर्थिक मेरो आर्थिक श्रावण २२ गते २०८१ १२:२४ PM
हसिनाको तेस्रो मुलुक प्रवेशको तयारी, सेना प्रमुखले विद्यार्थी नेतालाई भेट्ने
FILE- Bangladesh's Prime Minister Sheikh Hasina gestures as she speaks during a press conference in Dhaka, Bangladesh, Monday, Jan. 6, 2014. Hasina resigned on Monday, June 5, 2024, ending 15 years in power as thousands of protesters defied a military curfew and stormed her official residence. (AP Photo/Rajesh Kumar Singh, File)

बंगलादेशमा दुई महिना लामो आरक्षण विरोधी विद्यार्थी आन्दोलनपछि प्रधानमन्त्री शेख हसिनाले हिजो (अगस्ट ५) मा पदबाट राजीनामा दिएकी छन्।

सोमबार नै उनी देश छाडेर ढाकाबाट अगरतला हुँदै भारत पुगिन्। हसिना आज भारतबाट लन्डन लण्डन जाने सम्भावना रहेको समाचार दैनिक भास्करमा रहेको छ। भारतबाट हसिना फिनल्याण्ड वा अन्य देशहरूमा जान सक्छिन्।

हसिनाले देश छाडेपछि बंगलादेशका सेना प्रमुखले  अन्तरिम सरकार बनाउने र देशको सुरक्षा गर्ने बताएका छन्। आन्दोलनमा ज्यान गुमाएकालाई पनि न्याय दिने काम गर्ने उनले बताए। 

प्रधानमन्त्री हसिनाले देश छाडेलगत्तै राष्ट्रपति मोहम्मद अब्दुल हमिदले जेलमा रहेका पूर्वप्रधानमन्त्री तथा विपक्षी नेतृ खालिदा जियालाई रिहा गर्न आदेश दिएका छन्। उनलाई सन् २०१८ मा भ्रष्टाचारको मुद्दामा १७ वर्षको जेल सजाय सुनाइएको थियो।

सेनाले जारी गरेको विज्ञप्तिअनुसार सेना प्रमुखले मंगलबार दिउँसो आरक्षण विरोधी आन्दोलनका संयोजकहरूसँग भेट गर्नेछन्।

बंगलादेशको अन्तर सेवा जनसम्पर्क निर्देशनालयले मंगलबार बिहानदेखि देशभरका सबै सरकारी, अर्धसरकारी, स्वायत्त, अर्धस्वायत्त, निजी संस्था र कलकारखाना खुल्ने जनाएको छ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?