सूर्यदर्शन सहकारी ठगी प्रकरणका एक आरोपी कारागार चलान : Mero Aarthik
असार १९ गते २०८२
ब्रेकिङ न्यूज

सूर्यदर्शन सहकारी ठगी प्रकरणका एक आरोपी कारागार चलान

मेरो आर्थिक मेरो आर्थिक भाद्र ६ गते २०८१

मेरो आर्थिक ६ भदौ, पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रक्राउ परेका पूर्व सचिवसमेत रहेका अनुज नकर्मी पुर्पक्षका लागि कारागार चलान भएका छन् । भदौ २ गते काठमाडौंको दक्षिणकालीबाट पक्राउ परेका नकर्मीलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश गरेको हो ।

जिल्ला अदालत कास्कीका न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले नकर्मीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । सूर्यदर्शन सहकारीबाट जीवी राई सहितको टोलीले करीव १ अर्ब ३५ करोड रुपैयाँ ठगी गरेको उल्लेख गरिए पनि सरकारी वकिलको कार्यालयले जिल्ला अदातलमा दर्ता गरेको मुद्धामा १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो रकम जाहेरीवालालाई दिलाउन माग गरिएको छ भने ८ देखि १० वर्ष कैद सजायको माग गरिएको छ ।

यो सहकारी ठगी प्रकरणमा पहिले १९ जनासहित अहिले पक्राउ पुर्जी जारी हुनेमा ४४ जना पुगेका छन् । अहिले सहकारीका उपाध्यक्ष कैलाश दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्व सञ्चालक शिवबहादुर गुरुङ ९महेन्द्र भोटे०, पूर्व सञ्चालक प्रमोद भट्टराई, भविश्वर अर्याल थुनामा छन् ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?