Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

स्वास्थ्य क्षेत्रका कार्य सम्पादनका आधारमा सूर्योदय, रोङ र इलाम सम्मानित

मेरो आर्थिक
मेरो आर्थिक
असाेज ७ गते २०८१
स्वास्थ्य क्षेत्रका कार्य सम्पादनका आधारमा सूर्योदय, रोङ र इलाम सम्मानित

मेरो आर्थिक, इलाम । इलाम जिल्लाको सूर्योदय नगरपालिका स्वास्थ्य क्षेत्रका कार्य सम्पादनका आधारमा इलामका १० पालिका मध्ये उत्कृष्ट पालिका भएको छ । असोज ४ र ५ गते सदरमुकाममा सम्पन्न वार्षिक समीक्षा गोष्ठीमा विभिन्न सूचकका आधारमा स्वास्थ्य कार्यालयले आर्थिक वर्ष २०८०/०८१ मा सूर्योदयलाई जिल्लाका १० पालिकामध्ये पहिलो भएको घोषणा सहित सम्मान गरेको हो ।
पूर्ण खोप, पोषण कार्यक्रम, सुरक्षित मातृत्व सेवा, परिवार नियोजन, नसर्ने रोग तथा मानसिक स्वास्थ्य सेवा, रोग नियन्त्रण कार्यक्रम, जनशक्ति व्यवस्थापन, औषधि तथा सामग्रीको उपलब्धता लगायतका सूचकका आधारमा मापन गरीएको थियो । बजेट विनियोजन र खर्च, रेकर्डिङ रिपोर्टिङ र प्रतिवेदन लगायतका सूचक पनिसमेटिएको स्वास्थ्य कार्यालयका प्रमुख आदित्य शाक्यले जानकारी दिनु भयो ।
सूचकका आधारमा रोङ गाउँपालिका दोस्रो र इलाम नगरपालिका तेस्रो भएका छन् । सूर्योदय नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक रविन खत्रीले स्वास्थ्य सेवालाई जनमुखी र प्रभावकारी बनाएर काम गरीरहेको जानकारी दिनु भयो । नगरले पोषणमैत्री नगर घोषणाका लागि काम गरिरहेका स्वास्थ्य शाखा प्रमुख बिपुल अधिकारीले जानकारी दिनु भयो । नगर प्रमुख रणबहादुर राईले स्वास्थ्य सेवालाई आम नागरिकको पहुँच पुग्ने गरी नगरले काम गर्दै आइरहेको जानकारी दिनु भयो ।

Add a new comment